बेलबारी मोरङ/ मिति २०८१/०७/०९ गते बेलबारी नगरपालिका वडा नं ११ स्थित लक्ष्मीमार्ग रङ्गशालामा चित्लाङ फुटबल क्लब काठमाडौं र सलहेस फुटबल क्लब सिराहा बिचको खेल भिडन्त भएको छ। सातौं बेलबारी आरजु राइस गोल्डकप २०८१ को दोस्रो सेमिफाइनल खेलमा १-५ गोलको नतिजा सहित सलहेस फुटबल क्लब सिराहाले जित हासिल गरी फाईनल खेलका लागि यात्रा निश्चित गरेको छ। खेलको पहिलो हाफमा १-१गोलको बराबरी रहेको थियो भने दोस्रो हाफमा सलहेस फुटबल क्लबले थप ४ गोल गर्दै झापा -११ फुटबल क्लबसंग हुने फाईनल खेल यात्रा निश्चित गरेको हो।
मिति २०८१/०७/०२गतेबाट सुरु भएको फुटबल प्रतियोगितामा १०ओटा फुटबल क्लबहरुको सहभागिता रहेको थियो। यस प्रतियोगिताको विजेता टिमले प्रमाण-पत्र, मेडल, शिल्ड सहित नगद पुरस्कार रु आठ लाख प्राप्त गर्नेछ भने उपविजेताले नगद पुरस्कार रु चार लाख प्राप्त गर्ने छ। यस प्रतियोगिताको फाइनल खेल भोलि मिति २०८१/०७/१० गते दिनको ०२ बजेदेखि हुनेछ।
(फुलु प्रधान)




















