काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना ९ जना घाइते
- असोज ३०, २०८३
- ८७ पटक पढिएको
सिन्धुली । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।
काठमाडौं बाट ओखलढुङ्गातर्फ जाँदै गरेको प्रदेश ३–००१ ख २७७४ नम्बरको बस होटलमा खाना खाएपछि यात्रु चढाएर पछाडि सार्ने क्रममा सडकबाट करिब १० मिटर तल खसेको थियो ।
दुर्घटनामा घाइते भएका नौ जनालाई उद्धार गरी खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोसी सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइतेहरूको अवस्थाबारे भने विस्तृत विवरण सार्वजनिक भएको छैन ।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बस पछाडि सार्ने क्रममा सडकबाट तल खस्नुको कारणबारे थप विवरण आउन बाकी छ।




















