गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोप्पा क्षेत्रमा सुक्खा पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको भीषण बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी क्षेत्रमा समेत क्षति पुर्‍याएको छ। नदीमा लेदो, गेग्रान र ठूला ढुंगासहितको बाढी आएपछि आरुघाटसम्मका तटीय बस्ती जोखिममा परेका छन्।

बाढीको जोखिम बढेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। समाचार तयार पार्दासम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन भने भौतिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।