मन्दिरबाट चोरी भएको मूर्तिसहित एक युवक पक्राउ
- असोज २४, २०८३
- १३३ पटक पढिएको
विराटनगर । मोरङको विराटनगरस्थित संसारीमाई भगवती मन्दिरबाट चोरी भएको दुर्गा भगवतीको मूर्तिसहित एक युवक पक्राउ परेको छ।
सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म रानीबाट खटिएको बीआईटी टोलीले शनिबार दिउँसो विराटनगर महानगरपालिका–१५ स्थित नम्बर १ ढाटबाट भारततर्फ जाँदै गरेका धनकुटाको पाख्रिबास गाउँपालिका–८ निवासी २४ वर्षीय सुरज विकलाई नियन्त्रणमा लिइ प्रहरीले सार्वजनिक गरेको हो।
सशस्त्र प्रहरीका अनुसार असोज २४ गते दिउँसो करिब ४ः२० बजे शंकास्पद गतिविधि देखिएपछि विकलाई जाँच गरिएको थियो। भारततर्फ जान लागेका उनलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।




















