लागूऔषधसहित ११ जना पक्राउ
- असोज २१, २०८३
- ५९ पटक पढिएको
विराटनगर।झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर र ताप्लेजुङका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ।
असोज २० गते झापाको इलाका प्रहरी कार्यालय धुलाबारीले मेचीनगर नगरपालिका–१० का अभिषेक चौधरीलाई ५ ग्राम १३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
त्यस्तै, मोरङको लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले केराबारी नगरपालिका–९ का नवीन राई र केराबारी–१ का मणिराज गुरुङलाई ४ ग्राम ५८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिका–५ का रोहित श्रेष्ठलाई २ ग्राम ८९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
चेकजाँचका क्रममा सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका–१७ का राजन राई र इच्छा परियारलाई १७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
यसैगरी, प्रदेशिक अनुसन्धान समूह विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान–४ का अर्जुन श्रेष्ठ, धरान–७ का दीपक मगर र धरान–१५ का बाबुराम बयलकोटीलाई ट्रामोल ८०० क्याप्सुल र डिकोलिक ८०० ट्याब्लेटसहित पक्राउ गरेको छ।
उदयपुरको इलाका प्रहरी कार्यालय ठोक्सिलाले बेलका नगरपालिका–४ का सबिन राईलाई ट्रामाडोल ९०० क्याप्सुलसहित पक्राउ गरेको छ।
त्यस्तै, भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटारले आमचोक नगरपालिका–७ का १९ वर्षीय एकराज मगरलाई २४४ किलो ७७० ग्राम गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।




















