विभिन्न मुद्दाका फरार ८ जना प्रतिवादी पक्राउ
- असोज १६, २०८३
- २५३ पटक पढिएको
विराटनगर। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार असोज १५ गते खोजतलासका क्रममा झापाबाट ४ जना, मोरङबाट १ जना र सुनसरीबाट ३ जना गरी ८ जनालाई पक्राउ गरिएको हो।
अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम तथा कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले परिचालित प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकाहरूबाट ५ वर्ष ११ महिना ५ दिन कैद सजाय कार्यान्वयन गरिएको छ भने १२ हजार रुपैयाँ जरिवानासमेत असुल गरिएको छ। पक्राउ परेका सबैलाई कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ।




















