विराटनगर। विराटनगरस्थित प्रहरी चौकी बरगाछीको नयाँ भवन निर्माणका लागि बुधबार शिलान्यास गरिएको छ।

प्रहरी चौकी बरगाछीको भवन निर्माण समितिका अध्यक्ष दीपक चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशसभा सदस्य एवं पूर्व वन तथा पर्यटनमन्त्री भीम पराजुली प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले प्रहरी चौकीको भवन शिलान्यास गरेका हुन्।

नयाँ भवन निर्माणसँगै प्रहरी सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।