गाँजासहित धरानबाट युवक पक्राउ, ८ लाख ८७ हजार रुपैयाँ बरामद
- असोज ६, २०८३
- ११९ पटक पढिएको
धरान । सुनसरीको धरान–१४ विजयपुर डाँडाबाट प्रहरीले लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले असोज ५ गते २३ वर्षीय रितेश राईलाई पक्राउ गरेको हो।
भोजपुर घर भई विजयपुर डाँडामा कोठा भाडामा लिएर बस्दै आएका राईको कोठामा खानतलासी गर्दा ६३० ग्राम गाँजा, डिजिटल तराजु एक थान र गाँजा बिक्रीबाट प्राप्त भएको भनिएको ८ लाख ८७ हजार ७ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका राईमाथि इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भइरहेको छ।




















