काठमाडौं । नेपाली साहित्यकारहरूको म्यासेन्जर समूह ‘चियावार्ता’को आयोजनामा असोज ३ गते काठमाडौंको तीनकुनेस्थित हेभेन टिम्मुर थकालीमा स्रष्टाहरूको भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।


समूहका २७ जना साहित्यकारको सहभागिता रहेको कार्यक्रममा गङ्गा कर्माचार्य पौडेल, निर्मला बराल, राधिका गुरागाईं, देवा अधिकारी, अम्बिका धिताल, महेन्द्र नेउपाने, मनीष शर्मा समित, मिसु श्रेष्ठ, रन्जु खनाल, मदन पोखरेल, बाबुराम भट्टराई, जया शर्मा, उमा सिजापती, वन्दना घिमिरे, मन्जुश्री गिरी, अनिता ढकाल, अनिता भण्डारी, रमेश सुवेदी, इन्दिरा चापागाईं, मन्दिरा चापागाईंलगायत स्रष्टाहरूको उपस्थिति थियो।


कार्यक्रममा सहभागी स्रष्टाहरूले लघुकथा तथा मुक्तक वाचन गर्नुका साथै आपसी परिचय र आउँदै गरेका दसैँ, तिहारलगायतका पर्वको शुभकामना आदानप्रदान गरेका थिए। कार्यक्रमलाई साङ्गीतिक प्रस्तुतिले समेत थप रमाइलो बनाएको थियो।


लघुकथाकार लता केसीको संयोजनमा भएको कार्यक्रममा डा. पुष्करराज भट्टले वाचित लघुकथामाथि समीक्षात्मक टिप्पणी गर्दै लघुकथामा नयाँपन ल्याउन निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिए।


साहित्यकार लक्ष्मी पोखरेलले सञ्चालन गरेको कार्यक्रममा संयोजक केसीले ‘चियावार्ता’ समूहको पहलमा भोटेकोसी बाढी विषयमा संयुक्त लघुकथा सङ्ग्रह प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिएका थिए।

20260919_221217