देवानगञ्जमा गोली चल्यो, युवक घाइते
- असोज ३, २०८३
- १३१ पटक पढिएको
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ स्थित लक्ष्मीनारायण मन्दिर अगाडि शनिबार साँझ गोली प्रहार हुँदा २३ वर्षीय निरजकुमार यादव घाइते भएका छन्।
दाहिने तिघ्रामा गोली लागेका यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई देवानगञ्ज–२ बाट प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत रिसइबीका कारण घटना भएको देखिए पनि थप अनुसन्धान भइरहेको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।




















