तीज लक्षित ७ दिने सीपमूलक तालिम सम्पन्न
- भदौ १९, २०८३
- २६४ पटक पढिएको
विराटनगर । घरेलु तथा साना उद्योग कार्यालय मोरङको आयोजनामा विराटनगरका विभिन्न वडाका २६ जना सहभागीका लागि सञ्चालन गरिएको तीज लक्षित ७ दिने सीपमूलक तालिम सम्पन्न भएको छ।
तालिमको समापन कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय मोरङका प्रमुख मेघराज बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका चेतन निरौला प्रमुख अतिथिका रूपमा सहभागी थिए।
त्यस्तै, महिला समिति मोरङकी अध्यक्ष अमृता भण्डारीको विशेष उपस्थिति रहेको कार्यक्रममा तालिमकी प्रशिक्षक तथा महिला समिति मोरङकी निवर्तमान अध्यक्ष सुनिता छाराहाङले सहभागीहरूलाई प्रशिक्षण दिएकी थिइन्।
कार्यक्रमको सञ्चालन घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत शंकर कार्कीले गरेका थिए। तालिममा विराटनगरका विभिन्न वडाबाट आएका २६ जना सहभागीको सहभागिता रहेको थियो।
तालिममार्फत सहभागी महिलालाई तीजसँग सम्बन्धित सीप प्रदान गर्नुका साथै सीपलाई आयआर्जनसँग जोड्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।




















