इनरुवा। सिर्जनामा इनरुवाको आयोजनामा साहित्यकार रमेन्द्र कोइरालाको लघुकथा सङ्ग्रह ‘साङ्लो’ माथि समीक्षा तथा बहस कार्यक्रम शनिबार सम्पन्न भएको छ।

लेखक कोइरालाको जन्मभूमि इनरुवा नगरपालिका–९, बबियास्थित श्री भगवती मन्दिरमा आयोजित कार्यक्रममा साहित्यकार, पत्रकार, शिक्षक, समाजसेवी तथा साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता राधादेवी पौडेलले गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा इनरुवा–९ का वडाध्यक्ष बसिरमुद्धिन मन्सुरी सहभागी थिए। कार्यक्रममा क्याम्पस प्रमुख लिला आपागाईँ, टंकप्रसाद भेटवाल, रोमु अधिकारी, भूपाल अधिकारी, छविनाथ रिजाल, डम्बरुवल्भ भण्डारी, पूर्वक्याम्पस प्रमुख प्रकाश नेपाली, शिक्षक श्यामप्रसाद साह र भरत गुरागाईँ ‘बर्बरिक’लगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो।

कार्यक्रममा स्वागत मन्तव्य :झोटन मेहताले राखेका थिए।त्यसैगरी साहित्यकार तथा पत्रकार जयकृष्ण यादव, समाजसेवी मुना लुईँटेल, द्वारिका पोखरेल, किरण मेहता, राजेन्द्रकुमार श्रेष्ठ, राज आचार्य, कृष्ण तिम्सिना, विष्णुप्रसाद उपाध्याय, कपलेश्वर यादव, मनोराज दाहाल, सक्षम यादव, बिमल भुजेल, अमसुवा, मिश्रीलाल शर्मा, वाजुद्दिन मन्सुरीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

त्यस्तै युवराज दाहाल, प्रभुप्रसाद पराजुली, कृष्णप्रसाद गौतम, शरद प्रधानाङ, कुमार श्रेष्ठ, दिपेशकुमार दास, अन्जन श्रेष्ठ, विष्णु थापा मगर, दिव्या राय, सुमनकुमारी खत्वे, सरिता साहू, विष्णु दाहाल, सायरा आचार्य, सम्यम आचार्य, सुभद्रा अधिकारी, रोशन पराजुली, ऋषि तिवारी, करण यादव, आशिष यादव, राजुकुमार यादव, पवनकुमार यादव, अभिषेककुमार यादव, रीता थापा, सान्भी निरौला, शुभेच्छा भट्टराई, झोटन मेहता, प्रकाश अनुराग, विकासचन्द पाठक, अंशुकुमार गुप्ता, किरण अन्जान, शिवनारायण पण्डित, रामचन्द मेहता, राजन कार्की, शुक्रराज कुँवर, रोशनी यादव, सुस्मिता यादव, कविराज घिमिरे, रंगलाल भट्टराई र मुना लुईँटेल अधिकारीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा ‘साङ्लो’ लघुकथाका विषयवस्तु, शैली, सामाजिक परिवेश तथा साहित्यिक पक्षबारे समीक्षा र बहस गरिएको थियो। सहभागीहरूले कृतिमाथि आफ्ना धारणा, सुझाव तथा टिप्पणी प्रस्तुत गर्दै लघुकथा विधाको विकास र समसामयिक साहित्यमा यसको भूमिकाबारे समेत चर्चा गरेका थिए।

कार्यक्रम सिर्जनामा इनरुवाका अध्यक्ष लिलानाथ सिलवालले सञ्चालन गरेका थिए।


FB_IMG_1787403250265