टिपरको ढालाबाट खसेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु
- भदौ २, २०८३
- १४५ पटक पढिएको
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–४ पुच्छर ढोङमा टिपरको ढालाबाट खसेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा रोल्पाको लुङ्ग्री गाउँपालिका–३ का २३ वर्षीय हरिबहादुर पुन रहेका छन्।
प्रहरीका अनुसार २०८३ भदौ २ गते बिहान करिब ११ बजे जोमसोमबाट मुक्तिनाथतर्फ जाँदै गरेको बा.प्र.०१–००४ क २७०१ नम्बरको टिपरको ढालाबाट खस्दा पुन घाइते भएका थिए।
घाइते पुनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल जोमसोम लगिएको थियो। उनको उपचारका क्रममा सोही दिन दिउँसो १२ः३२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि टिपर र चालक जिल्ला प्रहरी कार्यालय मुस्ताङको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















