धादिङ। धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको छ।

सोमबार बिहान करिब ५ः४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। पहिरोका कारण राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित बनेको थियो।

सम्बन्धित निकाय तथा सुरक्षाकर्मीको समन्वयमा पहिरो हटाएपछि सडक पुनः सञ्चालनमा ल्याइएको हो। पहिरो हटेसँगै अहिले उक्त सडकखण्डमा सवारीसाधन दुईतर्फी रूपमा सञ्चालन भइरहेका छन्।

वर्षायाममा पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम रहेकाले यात्रु तथा चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।