विराटनगर । विराट साहित्य संगमको २४०औँ साहित्यिक शृङ्खला तथा कथाकार हरिप्रसाद अधिकारीको तेस्रो कृति ‘चार मन दाउरा’ लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।
प्रत्येक महिनाको अन्तिम शनिबार आयोजना हुँदै आएको साहित्यिक शृङ्खला शनिबार राष्ट्रसेवक सहकारी भवनमा विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बलराम पोखरेल प्रमुख अतिथि तथा प्रा. डा. मीनराज ढकाल र जीवन काफ्ले विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा कथाकार हरिप्रसाद अधिकारीको तेस्रो कृति ‘चार मन दाउरा’ लोकार्पण गरिएको थियो। कृतिको लेखक परिचय भवानी पोखरेलले प्रस्तुत गरेकी थिइन् भने पुस्तकबारे परिचर्चा बाबुराम पोखरेलले गरेका थिए। लेखक अधिकारीले आफ्नो लेखकीय अनुभव सुनाएका थिए।
साहित्यिक शृङ्खलामा एकनाथ ढकाल, सरला चापागाईं, ममता मृदुल, कविता केशरी, भीम कोइराला, केशव रिजाल, किरण रिजाल, प्रयाग न्यौपाने, सुजाता राई, रञ्जना भट्टराई, प्रा. एकराज भट्टराई, निर्मला कोइराला, अम्बिका उप्रेती, सरिता तुलाधर, पुष्पा सायरा, राधा भट्टराई, शैलेन्द्र घिमिरे, गोपाल निर्भीक, गणेश बज्राचार्य, कुमार प्रधान, प्रा. डा. हरिहर भण्डारी, नानुमैया दाहाल, शारदा भट्टराई, जमुना पौड्याल, डोमी कामत, उमेश लुईटेल, लीलानाथ सिलवाल, भूपाल अधिकारी, ऋषि तिवारी, श्यामु पौडेल, कर्णाखर उपाध्याय, भीमेन्द्रबहादुर कार्की, रेनुका राई स्मृति, लक्ष्मी युग्मी, सृजना प्रसाईं, लक्ष्मी रायमाझी, अर्जुन नेपाल, डा. देवी पन्थी, मञ्जु घिमिरे दाहाल, खेम नेपाली, विद्याप्रसाद गौतम, अच्युतप्रसाद खतिवडा, शम्भुप्रसाद भट्टराई, नारायण दाहाललगायतका स्रष्टाले आफ्ना रचना प्रस्तुत गरेका थिए।
कार्यक्रममा चुडामणि कोइराला, मेघनाथ रिजाल, हरिप्रसाद बराल, सीमा आभास, सुनिल पोखरेल, शिरोमणि भट्टराईलगायत साहित्यप्रेमीको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी प्रोत्साहन पुरस्कार भीमेन्द्रबहादुर कार्कीलाई प्रदान गरिएको थियो भने नवीन खतिवडाको सहभागी प्रोत्साहन पुरस्कार गोलाप्रथाबाट छनोट गरी प्रदान गरिएको थियो।
कार्यक्रमको अन्त्यमा हालै निधन भएका साहित्यकारद्वय राजेन्द्र विमल र योगेन्द्र दाहालको स्मृतिमा एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।



















