नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सवमा दीप प्रज्वलन
- साउन २६, २०८३
- ९७ पटक पढिएको
विराटनगर।साउन २५ गत्ते नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सवको अवसरमा विराटनगरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
नेपाल प्रहरी श्रीमती संघकी सचिव श्रीमती सृजना नेपाल दाहालको प्रमुख आतिथ्यमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्राङ्गणमा रहेको श्री पलाञ्चोक भगवती मन्दिरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा संघकी कोषाध्यक्ष श्रीमती सुमित्रा अधिकारी, सह–कोषाध्यक्ष श्रीमती कमला ढकाल, सदस्य श्रीमती लक्ष्मी बिसुन्केलगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।
वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै संघको उद्देश्य, सामाजिक सेवाका गतिविधि तथा आगामी कार्ययोजनाप्रति प्रतिबद्धता व्यक्त गरेका थिए।





















