फुलु प्रधान 



संखुवासभा।संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको ट्रान्जिट क्याम्प निर्माण कम्पनीका उच्च तहका कर्मचारी तथा विशिष्ट व्यक्तिहरूको आवागमनका क्रममा बसोबास र खानपिनको व्यवस्था हुने प्रमुख स्थलका रूपमा प्रयोग हुँदै आएको छ।

परियोजनासँग सम्बन्धित निर्माण कम्पनीका प्रमुख, उच्च तहका कर्मचारी तथा देश–विदेशबाट आउने विशिष्ट व्यक्तिहरूको आगमन हुँदा उनीहरूको बसोबास, खानपिनलगायत आवश्यक आतिथ्यको व्यवस्था यही ट्रान्जिट क्याम्पमा गरिने बताइएको छ।परियोजनाको निर्माण कार्यसँगै क्याम्पले परियोजनासँग सम्बन्धित उच्च तहका अधिकारी तथा विशिष्ट पाहुनाहरूको आवागमन व्यवस्थापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।