विराटनगर ।नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् विराटनगरको अध्यक्षमा विष्णुकुमारी तामाङ निर्वाचित भएकी छन् । विश्व आदिवासी दिवसका अवसरमा आइतबार विराटनगर–११ स्थित संगम पार्टी प्यालेसमा भएको नगर समितिको भेलाबाट तामाङ अध्यक्षमा निर्वाचित भएकी हुन् ।

अध्यक्ष पदमा नेवार समुदायका सुनिल श्रेष्ठ र तामाङ घेदुङकी तामाङबीच प्रतिस्पर्धा भएको थियो । तामाङले श्रेष्ठलाई पराजित गर्दै नेतृत्व हात पारेकी हुन् ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा तमु ह्यूल छोंज धीका श्याम गुरुङ र नेपाल धानुक समाजका संजयकुमार मण्डल चयन भएका छन् । महिला उपाध्यक्षमा किराँत राई यायोक्खाकी विष्णु राई सर्वसम्मत चयन भएकी छन् ।

त्यस्तै, सचिवमा पूर्ण भुजेल, सहसचिवमा मुलुक चन्द राजवंशी र भद्रबहादुर समाल मगर तथा महिला सहसचिवमा विनादेवी जिमी चयन भएका छन् । कोषाध्यक्षमा टीकाप्रसाद लिम्बु सर्वसम्मत चयन भएका छन् ।

विराटनगरमा क्रियाशील १८ जातीय संस्थाका प्रतिनिधि पदेन सदस्य रहने गरी नगर परिषद् गठन गरिएको छ ।


Messenger_creation_DDAE3530-49E6-47FB-B233-90BCFC803EA9