विराटनगर।अनुकूल मनसुनका कारण यस वर्ष धान रोपाइँले गति लिए पनि रासायनिक मलको चरम अभावले किसानलाई सास्ती दिएको छ । आवश्यक मल समयमा नपाउँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने चिन्ता बढेको छ ।
मल आपूर्तिमा देखिएको ठूलो असन्तुलनले किसानको चिन्ता बढाएको हो ।
माग र आपूर्तिबीचको ठूलो अन्तरका कारण किसानले आवश्यक समयमा मल पाउन नसकेको किसानले बताए । सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको र उपलब्ध हुनेबित्तिकै किसानलाई वितरण गरिने जानकारी दिएका छन् ।



















