विराटनगरको भाट–भटेनी सञ्चालनमा ल्याउने तयारी
- असार ९, २०८३
- ४८३ पटक पढिएको
विराटनगर ।असार २१ सम्म भित्र विराटनगरको भाट–भटेनी सुपर मार्केट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
२०८२ भाद्र २४ गते जेन्जी युवा पुस्ताको आन्दोलनको क्रममा विराटनगरको भाट–भटेनीमा तोडफोड र आगजनी भएको थियो । आगजनीबाट आनसिक रूपमा क्षति पुगेको भाट–भटेनी सुपर मार्केटको नयाँ निर्माण शैलीमा मर्मत सम्भारको काम पुरा भइरहेको छ ।
भाट–भटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले असार मसान्त भित्र विराटनगरको भाट–भटेनी सुपर मार्केट सञ्चालनमा ल्याउने गरी ३ सय जना मजदुरले काम गरी रहेको बताए ।
सुरुमा १ सयदेखि १ सय ५० जना मजदुरले काम गरिरहेकोमा असार १ गतेदेखि ३ सय जना मजदुरले काम गरिरहेको एक कर्मचारीले बताए ।
३ सय जना मजदुरले डे र नाइट गरी दुई सिफ्टमा काम गरिरहेकोले असार मसान्त भित्र भाट–भटेनी सुपर मार्केट सञ्चालनमा आउनेमा उनलेे जानकारी दिए।




















