काठमाडौं । नेपाली कांग्रेसका नेता गगन कुमार थापा ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कांग्रेसबीचको सम्बन्ध राजनीतिक प्रतिस्पर्धाको भए पनि शत्रुताको नभएको बताएका छन्।

रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले लोकतान्त्रिक व्यवस्थामा स्वस्थ राजनीतिक प्रतिस्पर्धा आवश्यक रहेको उल्लेख गरे। उनले कांग्रेस आफ्नै संगठन, कार्यशैली र जनविश्वासलाई बलियो बनाउँदै अघि बढ्ने बताए।

थापाले अर्को दललाई कमजोर बनाएर होइन, आफ्ना कमजोरी सुधार्दै सुशासन र जनउत्तरदायित्वका आधारमा जनताको विश्वास जित्ने कांग्रेसको लक्ष्य रहेको स्पष्ट पारे। साथै, रास्वपाले छोटो समयमै हासिल गरेको जनसमर्थनलाई ठूलो उपलब्धि भएको बताए।