सुनसरी। निरन्तर वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ। जलस्रोत तथा मौसमसम्बन्धी निकायका अनुसार पहाडी छेत्रीनदीमा पानीको मात्रा वृद्धि भएसँगै कोसी ब्यारेजका थप ढोका खोलिएको छ।

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। विशेष गरी होचा भूभाग, कटान जोखिम भएका क्षेत्र तथा नदी किनारमा जोखिम बढेको प्रशासनले जनाएको छ।

मौसमविद्हरूले पहाडी क्षेत्रमा वर्षा हुन सक्ने अनुमान गरेकाले नदी तथा खोलानालामा पानीको सतह अझ बढ्न सक्ने बताएका छन्। स्थानीय प्रशासनले नदी आसपासका गतिविधिमा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।