विराटनगर । विराट साहित्य संगमले प्रत्येक महिनाको अन्तिम शनिबार सञ्चालन गर्दै आएको साहित्यिक शृङ्खलाको २३८औँ संस्करण शनिबार सम्पन्न गरेको छ। राष्ट्रसेवक सहकारीको सभाहलमा आयोजित कार्यक्रममा संगमका उपाध्यक्ष जीवन काफ्लेको अध्यक्षता रहेको थियो।

कार्यक्रममा बलराम पोखरेल प्रमुख अतिथि तथा प्रा. डा. मेदिनी शर्मा विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। गोष्ठीमा प्रा. डा. मीनराज ढकाल, प्रा. एकराज भट्टराई, सरला चापागाईं, भीमेन्द्रबहादुर कार्की, एकनाथ ढकाल, चन्द्रकान्त भट्टराई, कविता केशरी, जमुना पौडेल, शान्ता कर्ण, सरीता तुलाधर, सुजाता राई, सरीता प्रसाईं, नानुमैया दाहाल, कविता भट्टराई, अम्बिका खरेल, कुमार प्रधान, गोविन्द भगत, केशव रिजाल, अर्जुन नेपाल, उमानाथ घिमिरे, भूपाल अधिकारी, ऋषि तिवारी, किरण अन्जान, रोहणी रसिक, शारदा भट्टराई, गोपाल निर्भीक, हरिप्रसाद बराल र शैलेन घिमिरेलगायतले आफ्ना साहित्यिक सिर्जना प्रस्तुत गरेका थिए।

त्यसैगरी, प्रा. डा. हरिहर भण्डारी, सीमा आभास, सुमन पोखरेल, सेमन्त भट्टराई र अर्जुन ढुंगानालगायत साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागिता प्रोत्साहन पुरस्कारका लागि गरिएको गोलाप्रथाबाट कुमार प्रधान र नानुमैया दाहाल पुरस्कृत भएका थिए। साहित्यिक विमर्श, सिर्जना वाचन तथा स्रष्टाहरूबीच अन्तरक्रियासहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको