भारतको। असमस्थित जोरहाट वायुसेना स्टेशनमा शनिबार भारतीय वायु सेनाको एएन–३२ सैन्य विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा पाँच वायुसेनाकर्मीको मृत्यु भएको छ। दुर्घटनापछि विमानमा आगलागी भएको बताइएको छ।

भारतीय वायु सेनाले मृतकमध्ये एक स्क्वाड्रन लिडर, एक फ्लाइट लेफ्टिनेन्ट, एक सार्जेन्ट तथा दुई अग्निवीरवायु रहेको जनाएको छ। घटनाको कारण पत्ता लगाउन ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरी अनुसन्धान सुरु गरिएको छ। वायु सेनाले उद्धार तथा व्यवस्थापन कार्य जारी रहेको र अनुसन्धान नसकिँदासम्म अड्कलबाजी नगर्न आग्रह गरेको छ।