विराटनगर । सरकारले हालै गरेको विभेदकारी निर्णय खारेज गर्न माग गर्दै नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन् ।
बुधबार दिउसो जिल्ला प्रशासन कार्यलय मोरङको गेट अगाडी उपस्थित भएका पत्रकारहरुले धर्ना दिएका थिए । धर्ना कार्यक्रममा मोरङ जिल्ला पत्रकार महासंघ कोशी प्रदेशका पत्रकारहरुको सहभागिता रहेको थियो । कालो व्यानर सहित पत्रकारहरुको हकहित, प्रेस स्वतन्त्रता तथा सञ्चार क्षेत्रमाथि असर पर्ने निर्णय फिर्ता लिन माग गर्दै आआफ्नो धारणा व्याक्त गरिएको थियो। सहभागीहरुले सरकारको निर्णय प्रेसमैत्री नभएको भन्दै तत्काल सच्याउन आग्रह गरेका छन् ।



















