काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त हुने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार उनलाई गृह प्रशासनको जिम्मेवारी दिने तयारी गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार गुरुङको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम दिउँसो ३ बजेका लागि तय गरिएको छ।

यसअघि गृहमन्त्री रहँदा सम्पत्तिको स्रोत र विवरणबारे प्रश्न उठेपछि उनले पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले गठन गरेको छानबिन समितिले अध्ययन सम्पन्न गरी प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसकेको छ।

समितिको प्रतिवेदन प्राप्त भएपछि गुरुङलाई पुनः गृहमन्त्री बनाउने निर्णय भएको सरकारी स्रोतले जनाएको छ। यद्यपि प्रतिवेदनको निष्कर्ष भने सार्वजनिक गरिएको छैन।