काठमाडौं। नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले घट्दै आजका लागि रु दुई लाख ९१ हजार ५०० निर्धारण गरिएको छ । सोमबार छापावाला सुन प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला रु ९० ले घटेको छ । सोमबार प्रतितोला रु पाँच हजार १५० मा कारोबार भएको चाँदी आज रु पाँच हजार ६० मा कारोबार हुने महासङ्घले जनाएको छ ।