विराटनगर । विराटनगरस्थित श्री पोखरिया माध्यमिक विद्यालयले यस वर्षको एसईई परीक्षा २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयका ११ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन्।

विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार परीक्षामा कुल ४५६ जना विद्यार्थी सहभागी भएका थिए। विद्यालयको औसत जीपीए ३.६८ रहेको छ भने उत्तीर्ण प्रतिशत ९९.५६ रहेको विद्यालयले जनाएको छ।

४ जीपीए प्राप्त गर्ने विद्यार्थीहरूमा आयुष गुप्ता, अभिमन्यु पोखरेल, खुशी गुप्ता, कृपाशा दाहाल, मिसन राजवंशी, रामकृष्ण न्यौपाने, रामकृष्ण सैपाने, रसिक कोइराला, साकेत रञ्जन ठाकुर, सौगात फुयाल, सिवानी गेलाल र सुयोग पोखरेल रहेका छन्।

त्यसैगरी विद्यालयमा ३.९ प्लस जीपीए ल्याउने ३४ जना, ३.८ प्लस ल्याउने ८७ जना, ३.७ प्लस ल्याउने ११७ जना, ३.६ प्लस ल्याउने ५१ जना, ३.२ प्लस ल्याउने १२३ जना तथा २.८ प्लस ल्याउने १ जना विद्यार्थी रहेका छन्।