विराटनगर । पोखरिया माध्यमिक विद्यालय का ११ जना विद्यार्थीले यस वर्षको एसईई परीक्षामा ४ जीपीए हासिल गरेका छन्। विद्यालयबाट सहभागी ४५६ विद्यार्थीमध्ये ४५४ जना उत्तीर्ण हुँदै विद्यालयले ९९.५६ प्रतिशत नतिजा हासिल गरेको हो।
प्रधानाध्यापक खेमराज भट्टराईका अनुसार आयुष गुप्ता, अभिमन्यु पोद्दार, खुशी गुप्ता, कृपाशा दाहाल, मिसन राजवंशी, रामकृष्ण न्यौपाने, रसिक कोइराला, साकेतरञ्जन ठाकुर, सौगात फुयाल, सिवानी गेलाल र सुयोग पोखरेलले ४ जीपीए ल्याएका हुन्।
विद्यालयका अनुसार ३.९० देखि ३.९७ जीपीए ल्याउने ३४ जना, ३.८० माथि ८७ जना, ३.७० माथि ११७ जना, ३.६० माथि ८१ जना तथा ३.२० माथि जीपीए ल्याउने १२३ जना विद्यार्थी रहेका छन्। दुई जना विद्यार्थीको नतिजा एनजी आएको विद्यालयले जनाएको छ।




















