विराटनगर । नेपाल क्रिकेट एसोसिएशन (क्यान) को केन्द्रीय साधारणसभा विराटनगरमा सुरु भएको छ । साधारण सभाको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका छन् ।
दुई दिनसम्म चल्ने सभाले नेपाली क्रिकेटको भविष्यलाई निर्देशित गर्ने महत्वपूर्ण निर्णयहरू गर्ने जनाइएको छ ।
सभामा क्यानका पदाधिकारी, प्रदेश तथा जिल्ला संघका प्रतिनिधि, खेलाडी प्रतिनिधि र क्रिकेट सम्बद्ध विभिन्न व्यक्तित्वहरू उपस्थिती रहेकोे थियो।मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफुले गर्न सक्ने सहयोग गर्ने प्रतिवद्दता समेत व्यक्त गरेका थिए।
सभाले ल्याएका योजनाहरूलाई थप प्रभावकारी बनाउने र प्रदेशस्तरीय क्रिकेटलाई मजबुत पार्ने रणनीति तय गर्ने जनाइएको छ । साथै, विराटनगरलाई क्रिकेट हब बनाउने लक्ष्यअनुसार स्थानीय पूर्वाधार विकासमा जोड दिइने अपेक्षा गरिएको छ ।
साधारणसभाले क्यानको नेतृत्व, नीति तथा कार्यक्रम पारित गर्नुका साथै आगामी एक वर्षको कार्ययोजना पारित गर्ने र नेपाली क्रिकेटलाई व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउन मद्दत पुग्ने सहभागीहरूले बताए ।




















