विराटनगर।भारतको जोगवनी हुँदै नेपाल प्रवेश गर्ने व्यक्तिले अब अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेतृत्वको सुरक्षा टोलीले सीमा क्षेत्रमा कडाइ गर्दै नयाँ व्यवस्था लागू गरेको हो ।
अब नेपाल प्रवेश गर्दा आधार कार्ड, नागरिकता, राहदानी वा अन्य आधिकारिक परिचयपत्र अनिवार्य गरिएको छ । प्रशासनले खुला सीमाको दुरुपयोग, तस्करी तथा अवैध ओसारपसार बढेपछि निगरानी कडा बनाएको जनाएको छ ।
मोरङ प्रहरी प्रमुख कवित कटवाल का अनुसार सीमा क्षेत्रमा माइकिङसहित चेकजाँच बढाइएको छ । दैनिक किनमेलका लागि जोगवनी पुग्ने सर्वसाधारणलाई परिचयपत्र बोकेर मात्रै आवतजावत गर्न आग्रह गरिएको छ ।




















