विराटनगर। अन्तर्राष्ट्रिय बजारमा बढ्दो दबाबसँगै नेपाली बजारमा सुनको मुल्य शुक्रबार प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च स्तरनजिक हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले वृद्धि भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला १ सय २० रुपैयाँले बढेर ५ हजार २ सय ७५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ५ हजार १ सय ५५ रुपैयाँ कायम थियो ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य निरन्तर बढ्दो क्रममा रहेकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको विजय राठिले बताए।




















