फुलु प्रधान
मोरङ। सुन्दर हरैचा नगरपालिका वडा नं ८ सलकपुर चोक स्थित महेन्द्र राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा कक्षा १२ को परीक्षा दिएर घर फर्कने क्रममा परीक्षार्थीको घटनास्थलमा नै मृत्यु भएको छ। मृत्यु हुने श्री साजिलाल मा.वि.मोरङ कक्षा १२ का विद्यार्थी स्थायी घर धनकुटा भै सुन्दर हरैचा नगरपालिका ७ बेलगाछी स्थित आफन्तकोमा बस्ने वर्ष १९ का अनिस बुढाथोकी हुन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बांस लोड भएको प्रदेश १-००१ ख ४३०३ को ट्रकको पछाडिको भागमा मृतकले चलाएको को १० प ८१२८ नं को मोटरसाइकल गति अनियन्त्रित भई ठोकिएर दुर्घटना भएको थियो। मोटरसाइकलको पछाडि सवार वर्ष १८ को हरि बहादुर वि.क. को र वर्ष १९ को आशिष वि. क.को हात तथा खुट्टामा चोट लागी उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएको छ भने मृतकको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ। ट्रक र ट्रक चालक नेपाल प्रहरीको नियन्त्रणमा रहेको छ।




















