विराटनगर । लेखनाथ वाचनालय, विराटनगर–१२ को आयोजनामा वडा स्तरीय भजन–कीर्तन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा जम्मा ८ वटा भजन समूहको सहभागिता रहेको थियो।


प्रतियोगितामा लक्ष्मीनारायण भजन मण्डली (अभिवादन टोल) प्रथम, पुरस्कार रु:५०००नगद सहित प्रमाणपत्र ,दोस्रो पुरस्कार  रु:४००० प्रमाणपत्र , राधाकृष्ण भजन मण्डली (प्रगति टोल) तेस्रो पुरस्कार रु: ३००० प्रमाणपत्र  पुस्पान्जली भजन समुह त्यसैगरी (सान्त्वना पुरस्कार पशुपति मिलन कृतन समुह र गणेश मन्दिर भजन समुह लाई प्रमाणपत्र प्रदान गरिएको थियो। अन्य सहभागी समूहलाई हौसला स्वरूप जनही एक/एक हजार रुपैयाँ वितरण गरिएको आयोजकले जनाएको छ।


प्रतियोगितामा सहभागिता जनाउने समूहहरूमा लक्ष्मीनारायण भजन मण्डली (अभिवादन टोल), चेतना धार्मिक भजन मण्डली (मझुवा टोल), राधाकृष्ण भजन मण्डली (प्रगति टोल), दीपज्योति कीर्तन मण्डली (प्रगति सुन्दर टोल), गणेश मन्दिर भजन समूह (प्रगति टोल), श्री राधाकृष्ण भजन कीर्तन मण्डली (नयाँ बस्ती), पुष्पाञ्जली भजन टोली (शिवशंकर टोल) र पशुपति मिलन कीर्तन समूह (पशुपति टोल, विराटनगर–१२) रहेका थिए।


कार्यक्रम साहित्यिक समिति संयोजक कविता केसरीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा मधु पोखरेल तथा विशिष्ट अतिथिमा वाचनालय अध्यक्ष सीता लामिछानेको सहभागी  थियो। साथै डा. तुलसीप्रसाद निरौला, सरिता खनाल र जीविस ढकाल लगायतको उपस्थिति रहेको थियो,भने थुप्रै भजन समुहका महिलाहरुको उपस्थित रहेको थियो।

कार्यक्रमको सञ्चालन मनमाया रिजालको रहेको  थियो।




FB_IMG_177764307906520260501_13420720260501_134212