विराटनगर।मौसममा आएको आकस्मिक फेरबदलले देशभर कृषकलाई क्षति पुर्याएको छ। जोखिम बढेपछि कृषकहरुलाई खेतमै काटेर राखिएको गहुँ तत्काल सुरक्षित भण्डारणमा लैजान कृषि विभागले कडा आग्रह गरेको हो ।
हुस्सु, कुहिरो र अनियमित वर्षा बढ्दै जाँदा खेतमा राखिएको गहुँ भिज्ने तथा बेमौसमी मकैमा गुणस्तर खस्किने सम्भावना उच्च रहेको विभागको निष्कर्ष छ । विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार यस्तो अवस्थामा ढिला नगरी गहुँ घरभित्र सुरक्षित स्थानमा सार्नु नै क्षति न्यूनीकरणको प्रभावकारी उपाय हो ।




















