काठमाडौं । लगातारको वर्षाले बीपी राजमार्ग का विभिन्न सडकखण्डमा गम्भीर क्षति पुगेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक का अनुसार मंगलबार राति परेको अविरल वर्षाका कारण सडक भत्किनुका साथै केही स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो। बुधबार बिहान जारी गरिएको सूचनामा राजमार्गका विभिन्न खण्ड जोखिमपूर्ण अवस्थामा पुगेकाले तत्कालका लागि आवागमन रोकिएको उल्लेख गरिएको छ।

प्रहरीले यात्रु तथा सवारी चालकलाई उक्त मार्ग प्रयोग नगर्न आग्रह गर्दै वैकल्पिक मार्ग रोज्न अनुरोध गरेको छ। वर्षा