इलाम । अनौठो कला प्रदर्शन गर्दै कलाकार रमेश बुढाथोकीले अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान बनाएका छन्। ध्वनि संकेतमार्फत टाढा रहेका कागलाई ३० सेकेन्डभित्र आकर्षित गर्न सक्ने उनको क्षमताले विश्व कीर्तिमान कायम गरेको हो।

उक्त उपलब्धिलाई मान्यता दिँदै भारतको गोवामा आयोजित एक कार्यक्रममा Universal Books of World Recordsले उनलाई आधिकारिक उपाधि प्रदान गर्दै सम्मान गरेको छ। सामान्यतया असम्भवजस्तो लाग्ने सीपलाई व्यवहारमा उतार्दै उनले आफूलाई विशिष्ट कलाकारका रूपमा स्थापित गरेका छन्।

बुढाथोकी डिजिटल प्लेटफर्ममा पनि सक्रिय छन्। सामाजिक सञ्जालमार्फत उनले आफ्ना सिर्जनात्मक प्रस्तुति र मनोरञ्जनात्मक सामग्री नियमित रूपमा सार्वजनिक गर्दै आएका छन्।

यसका साथै, सामाजिक तथा मानवतावादी गतिविधिमा सहभागिता जनाउँदै उनले कला र सेवालाई सँगसँगै अघि बढाएका छन्, जसले उनको व्यक्तित्वलाई अझ प्रभावशाली बनाएको छ।