विराटनगर । संस्कृति जगेर्ना गर्ने उद्देश्यका साथ आयोजित तीनदिने ‘विराट मैथिली साहित्यिक गोष्ठी २०८३’ विराटनगरमा सम्पन्न भएको छ। विराट मैथिली नाट्य कला परिषदको आयोजनामा भएको कार्यक्रम डोमी कामतको अध्यक्षतामा सुरु भएको थियो।

वैशाख १२ गते उद्घाटन तथा मैथिली काव्य गोष्ठीबाट प्रारम्भ भएको कार्यक्रम दोस्रो दिन बहुभाषिक कवि गोष्ठी र तेस्रो दिन धन्यवाद ज्ञापन तथा स्नेहपत्र वितरणसँगै सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार गोविन्द ढुङ्गानाको उपस्थिति रहेको थियो।

त्यसैगरी मधु पोखरेल, बाबुराम पोखरेल, लक्ष्मी चौधरीलगायतका अतिथिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन कवि शिव नारायण सिंगलले गरेका थिए।

आयोजकका अनुसार गोष्ठीले मैथिली साहित्य मात्र नभई सम्पूर्ण भाषाभाषीबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्ने सन्देश दिएको छ। कार्यक्रम भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।