विराटनगर।नेपाली सुनचाँदी बजारमा आइतबार मूल्यमा वृद्धि भएको छ। अघिल्लो कारोबार दिन प्रतितोला २ लाख ९६ हजार ५ रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य आज तोलामा २ हजार ७ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ९९ हजार २ रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति १० ग्राम २ लाख ५६ हजार ५ सय १५ रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। अघिल्लो दिनको तुलनामा तोलामा ५० रुपैयाँले वृद्धि हुँदै प्रतितोला ४ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य प्रति १० ग्राम ४ हजार २ सय ८३ रुपैयाँ कायम गरिएको विराटनगरका सुनचाँदी व्यवसायी विजयहाउसका विजय राठिले जानकारी दिए।

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य वृद्धिको प्रभावस्वरूप स्थानीय बजारमा पनि सुनचाँदीको भाउ बढेको व्यवसायीहरू बताउँछन्।