विराटनगर।बजार क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यसहित महानगरपालिकाले शुक्रबारदेखि फुटपाथ खाली गराउने अभियान सुरु गरेको छ। उपप्रमुख शिल्पा निरला कार्कीको नेतृत्वमा नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ।

अभियानका कारण साना तथा दैनिक ज्यालादारीमा निर्भर व्यवसायी प्रभावित भएका छन्। उनीहरूले विकल्प बिना हटाइएको भन्दै गुनासो गरेका छन्। महानगरले भने पूर्वसूचना दिइएको र अटेर गरे सामान जफत गरिने जनाएको छ।