भरतपुर। चितवन — २०८३ /८/छन्ददिवसको अवसरमा विदुर अधिकारीको काव्यकृति ‘हे बुद्ध आऊ अब’ होमनाथ घिमिरेको खण्डकाव्य ‘अग्निसागर’दुई कृति लोकार्पण गरिएको छ। चितवनको फोरसिजन पार्टी प्यालेसमा आयोजित विशेष समारोहमा दुई महत्वपूर्ण कृतिसहित संस्थागत मुखपत्रको विमोचन गरिएको हो।
छन्दकाव्य प्रतिष्ठान नेपाल, चितवनको आयोजनामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सचिव विदुर अधिकारीको काव्यकृति ‘हे बुद्ध आऊ अब’ र कोषाध्यक्ष होमनाथ घिमिरेको खण्डकाव्य ‘अग्निसागर’ लोकार्पण गरिएको हो। साथै प्रतिष्ठानद्वारा प्रकाशित मुखपत्र ‘शिखरिणी’ (मालिनी छन्द) को विशेष अंक पनि सोही अवसरमा सार्वजनिक गरिएको थियो।
प्रतिष्ठानका अध्यक्ष लकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा. नारायणप्रसाद खनाल प्रमुख अतिथि रहेका थिए। त्यसैगरी गैंडाकोट प्रज्ञा प्रतिष्ठानका कुलपति कविवर गोविन्दराज विनोदी र वरिष्ठ साहित्यकार केशवराज आमोदी विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा समीक्षक डा. धनेश्वर भट्टराईले विमोचित कृतिहरूमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गरे। साथै विभिन्न स्रष्टाहरूले कृतिबाट कविता वाचन गर्दै कार्यक्रमलाई आकर्षक बनाएका थिए।
कार्यक्रममा कल्पना अधिकारी भट्टराई, सूर्यमणि रेग्मी, कृष्णप्रसाद पोखरेल, हरि ढकाल, शोभा अधिकारी, स्मृति सापकोटा, प्रकाश चापागाईं, पोषराज पौडेल, केदारनाथ खनाल, धनकुमारी रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।। साथै कपिल अज्ञात, शशिकिरण रेग्मी, लीलाधर पौडेल, रामशरण थपलिया, हरिप्रिया रिजाल, तारानाथ सुवेदी, ऋषिप्रसाद लामिछाने, इन्द्रराज पौडेल, रमेश प्रभात, किसान प्रेमी, यदुनाथ भट्टराई, तुलसी पण्डित, मुरलिधर घिमिरे, शिवराज लामिछाने, रमाकान्त सापकोटा, माइलदाइ न्यौपाने, चिरञ्जीवी दहाल, सूर्यप्रकाश जमरकट्टेल, रमाना अधिकारी, उदय अधिकारी, मार्कण्डराज दवाडी, सञ्जीव पौडेल, भानुप्रसाद उपाध्याय लगायतका स्रष्टाहरूको उपस्थिति रहेको थियो।
छन्दकाव्य प्रतिष्ठान नेपाल, चितवनको बाह्रौं वार्षिकोत्सवसँगै आयोजित कार्यक्रममा स्रष्टा टङ्कराज ढकालले शंखनाद गर्दै कार्यक्रम उद्घाटन गरेका थिए । प्रमुख अतिथिबाट पानसमा बत्ती बालेर औपचारिक शुभारम्भ गरिएको थियो। कार्यक्रमको सञ्चालन विष्णु तिवारी उषाले गरिन् ।स्वागत मन्तव्य उपाध्यक्ष राजेन्द्र घायलले प्रस्तुत गरेका थिए।




















