विराटनगर।वैशाख शुक्ल तृतीयाका दिन अक्षयतृतीया पर्वको अवसर पारेर श्री लक्ष्मीनारायण मन्दिरको आयोजनामा विराटनगर–१२, पाञ्चालीमा जौँको सातु र सर्वत वितरण गरिएको छ। सोमबार देशभर सातु र सर्बत दान तथा सेवन गर्दै श्रद्धापूर्वक मनाइएको हो । धार्मिक आस्था, स्वास्थ्य लाभ र सामाजिक सहकार्यको सन्देश बोकेको यो पर्व वैदिककालदेखि निरन्तर रूपमा अभ्यास हुँदै आएको परम्परा छ।शास्त्रीय विधानअनुसार बिहान सबेरै उठेर घर सरसफाइ गरी स्नानपछि पूजा–अर्चनाको तयारी गरिन्छ। संकल्पसहित दियो, कलश र गणेशको पूजा गरिन्छ भने कलशमाथि अष्टदल लेखिएको तामाको थाली राखी भगवान् विष्णुको सोह्र सामग्रीद्वारा विधिपूर्वक आराधना गरिन्छ।विराटनगर १२पाञ्चालिमा एकनाथ पौडेल र सुमित्रा पौडेलले गत पाँच वर्ष देखि निरन्तर सातु र सर्वत वितरण गर्दै आएको बताए। श्री लक्ष्मीनारायण मन्दिरको गुरु महन्त स्वामी जि अचुत प्रपन्न एकहज्जार आठ मठाधिशले उद्घाटन गरेर सुरुगरेका थिए।

धर्मशास्त्रविद्हरूका अनुसार वैशाखको गर्मीमा सातु र सर्बत सेवनले शरीरलाई शीतलता दिनुका साथै ऊर्जा प्रदान गर्छ। यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोग गर्ने भएकाले धार्मिक अभ्याससँगै स्वास्थ्यका दृष्टिले पनि यो परम्परा महत्वपूर्ण मानिन्छ।