विराटनगर।नयाँ वर्ष २०८३ को पहिलो दिन मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा भक्तजनको घुइँचो भएको छ। सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामनासहित स्वदेशी तथा विदेशी तीर्थयात्री मन्दिर पुगेका थिए।
सामान्य दिनमा दैनिक ४–५ हजार दर्शनार्थी आउने गरे पनि नयाँ वर्षका अवसरमा यो संख्या दोब्बर बढेको मुक्तिनाथ विकास समितिले जनाएको छ। बिहानैदेखि मन्दिर परिसर र १०८ धारा क्षेत्रमा भीडभाड देखिएको थियो।
दर्शनार्थीको चाप बढेपछि व्यवस्थापन समितिले लाइनबद्ध रूपमा दर्शन गराउने व्यवस्था मिलाएको थियो भने सवारी साधनको अत्यधिक आगमनका कारण रानीपौवा क्षेत्रका बसपार्कहरू भरिभराउ देखिएका थिए।




















