विराटनगर । नेकपा एमाले मोरङका सचिवालय सदस्य ओम सुवेदीले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन्। तीन दशक लामो राजनीतिक यात्रा अन्त्य गरेको घोषणा गर्दै उनले व्यक्तिपूजा, गुटबन्दी र अवसरवादका कारण संगठन कमजोर बनेको आरोप लगाएका छन्।

सुवेदीले नेतृत्व जनभावनाबाट टाढिएको र सुधारको सम्भावना न्यून देखिएकाले अलग हुने निर्णय लिएको बताएका छन्।