विराटनगर। लघुकथा मञ्च बेलबारीले विराटनगर रामपुर चोकको सिटी बोर्डिङ स्कुलमा घुम्ती लघुकथा वाचन र विश्लेषण कार्यक्रम सम्पन्न भएको छ
यसमा निम्न महानुभावहरू उपस्थित थिए। रमेन्द्र कोइराला प्रमुख अतिथि तथा समिक्षक, दीप मंगराती अध्यक्ष ,उद्घोषक पवित्रा सापकोटा थिए । अतिथि त तथा लघुकथा वाचकहरूमा द्वारिका प्रसाद पोखरेल, ऋषिराज तिवारी ,भुपाल अधिकारी ,कुमार श्रेष्ठ ,पुष्पा शायरा, केशव रिजाल आदि थिए।
कार्यक्रममा वाचित लघुकथाहरूको प्रमुख अतिथि तथा विश्लेषक रमेन्द्र कोइरालाबाट सैद्धान्तिक कुरा गर्दै समीक्षा भएको थियो। उनले कथाबाट लघुकथालाई छुट्याउन विशिष्ट उपाय अपनाए। र पाँच एक को सुत्र व्याख्या गरे। यस अनुसार उठान एक वाक्य, उद्देश्य एउटा, घटना एउटा ,परिवेश एउटा र समापन एक वाक्यमा हुनुपर्छ भन्ने थियो ।
त्यसपछि अध्यक्ष दीप मङ्ग्रातिबाट विभिन्न मञ्चमा लघुकथालाई यो साहित्य होइन भनेर वाचन गर्न वञ्चित गरिँदा इख लागेर कण लघु कथा मञ्च खोलेको जानकारी दिए। उनले अहिले यो लघुकथाको रुपमा स्थापित भइसकेको कुरा गरे। लघुकथाको बारेमा सैद्धान्तिक कुरा बोल्दै रचनावाचन गरेर समापन भएको थियो।




















