इनरुवा। सप्तरङ्गी साहित्य समाज कोशी प्रदेशद्वारा २०८२/ १२ /१९ गते वरिष्ठ समालोचक तथा साहित्यकार उपेन्द्र बस्नेत पागलको स्मृति सभा तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सप्तरङ्गी साहित्य समाज कोशीका अध्यक्ष रमेन्द्र कोइरालाको अध्यक्षता तथा प्रमुख अतिथि जीवनाथ पोखरेल पन्छीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उक्त कार्यक्रम सिर्जनामा इनरुवाका अध्यक्ष तथा सप्तरङ्गी साहित्य समाजका सचिव लिलानाथ सिलवालज्यूको निवासमा सम्पन्न भएको थियो ।अन्य उपस्थित महानुभावहरू निम्न रूपले हुनुहुन्थ्यो: विशिष्ट अतिथिमा डमरु बल्लभ भण्डारी,भरत गुरागाई बर्बरिक र गीता बस्नेत साथै अतिथिहरूमा राधा सुवेदी, यशोदा आचार्य अधिकारी, निर्मला भट्टराई कोइराला, शिवनारायण पण्डित, झोटन मेहता, विष्णु दाहाल,प्रकाश अनुराग, माधव आचार्य आदि थिए । कार्यक्रम सप्तरङ्गी साहित्य समाज कोशी प्रदेश का सचिव लिलानाथ सिलवालले सञ्चालन गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले उपेन्द्र पागलको व्यक्तित्व तथा कृतित्वको साथै आफ्नो अनुभवको चर्चा गरेका थिए। सहभागीहरूले उपेन्द्र पागलको नाममा पुरस्कार, अक्षयकोष तथा प्रतिष्ठान खोल्नुपर्ने धारणा राखेका थिए। उपेन्द्र पागल की सुपुत्री गीता बस्नेतले यस बारेमा परिवारमा सल्लाह भइरहेको बताए।




















