विराटनगर । नेकपा एमाले मोरङ जिल्ला कमिटीले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै विरोध जनाएको छ।

पार्टीको जिल्ला कमिटिले जिल्ला प्रशासन कार्यालयमार्फत विरोध–पत्र पठाउँदै ओलीलाई पक्राउ गरिएको घटनालाई प्रतिशोधपूर्ण र असंवैधानिक कदम भएको आरोप लगाएको छ।

प्रधानमन्त्रीलाई पठाइएको विरोध–पत्रमा जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा गरिएको पक्राउलाई लोकतान्त्रिक मूल्यविपरीत भएको उल्लेख गरिएको छ। एमालेले नवगठित सरकारले सुरुदेखि नै देशलाई द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने काम गरेको दाबी गरेको छ।

पत्रमा भदौ २३ गते भएको आन्दोलनका क्रममा भएका विभिन्न हिंसात्मक घटनाहरू—सरकारी संरचनामा तोडफोड, आगजनी, लुटपाट, प्रहरीमाथि आक्रमण लगायतका विषयमा आयोगको प्रतिवेदन मौन रहेको आरोप लगाइएको छ। 

एमाले मोरङले पार्टी अध्यक्ष ओलीसहित पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेको छ।


FB_IMG_1774799110608