विराटनगर,२०८२ चैत १३ नेपाली चलचित्रमा प्रविधिको विकास विषयक गोष्ठीसहित दुई दिने सिनेमाटोग्राफी कार्यशाला विराटनगरमा सम्पन्न भएको छ। चाँदनी फिल्मस विराटनगरका अध्यक्ष केशव रायमाझीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुली सहभागी भएका थिए। विशेष अतिथिहरूमा संस्कृति कर्मी तथा साहित्यकार प्राज्ञ प्रेम नेपाली, चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष अरुणकुमार प्रधान तथा मधु पोखरेलको उपस्थिति रहेको थियो।
प्रमुख अतिथिबाट पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरिएको थियो। कार्यक्रम संयोजक केशव रायमाझीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।
अतिथिहरुले मन्तव्यका क्रममा चलचित्र निर्देशक विजय सुब्बा, चलचित्रकर्मी संघ कोशी प्रदेश अध्यक्ष केवल तामाङ, चलचित्र कल्याणकारी संघ नेपालका अध्यक्ष पशुराम चौधरी, नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशिला पाठक, अरुणकुमार प्रधान, प्राज्ञ प्रेम नेपाली तथा मन्त्री भिम पराजुलीले नेपाली चलचित्र क्षेत्रको विकास, प्रविधि प्रयोग र वर्तमान चुनौतीका विषयमा धारणा व्यक्त गरेका थिए।



कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङ, चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश, चलचित्र पत्रकार संघ मोरङ तथा चलचित्रकर्मी महासंघका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
पुर्वका कलाकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा ५० भन्दा बढी सहभागीहरूले सहभागिता जनाएका थिए।
दुई दिनसम्म सञ्चालन गरिएको कार्यशाला चलचित्रसम्बन्धी प्राविधिक विषयमा केन्द्रित रहेको थियो। कार्यशालाको समापन चैत १४ गते आयोजित समारोहमा अतिथि कल्पना पाण्डे तथा अध्यक्ष केशव रायमाझीले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।




















