विराटनगर । नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा विराटनगरमा एमाले नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । 

पार्टी कार्यालय पाञ्चालीबाट सुरु भएको विरोध र्‍याली ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको छ । 

ट्राफिक चोकमा एमालेको र्यालीलाई प्रहरीले रोक्न खोजेपछि झडप समेत भएको छ । 

कोणसभालाई एमाले मोरङका उपाध्यक्ष सागर थापा, केन्द्रीय पर्शुराम बस्नेत लगायतले सम्बोधन गर्दै ओली पक्राउको विरोध गरेका छन् ।

विरोध प्रदर्शनमा एमाले केन्द्रीय सदस्य ऋषिकेश पोखरेल, दिलीप वगडिया, एमाले मोरङका सचिव सोमराज थापा, उपसचिव उषा झा, विराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरी लगागतका नेता कार्यकर्ता सहभागी भएका छन् ।