विराटनगर । चैत १९ गतेदेखि सुरु हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोरङबाट १८ हजार १७५ जना विद्यार्थी सहभागी हुने भएका छन्।
शिक्षा विकास तथा समन्वय इकाई मोरङका अनुसार साधारणतर्फ १६ हजार ६२०, प्राविधिकतर्फ ६२६ र ग्रेड वृद्धितर्फ ९२९ विद्यार्थी सहभागी हुनेछन्। सहभागीमध्ये छात्रा ९ हजार ५ र छात्र ९ हजार १७० जना रहेका छन्।
जिल्लामा ६१ परीक्षा केन्द्र तोकिएको छ भने कोशी प्रदेशमै मोरङमा सबैभन्दा बढी परीक्षार्थी रहेका छन्। परीक्षा मर्यादित र अनुशासित बनाउन अनुगमनलाई प्रभावकारी बनाइने जनाइएको छ।




















